रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

रंग नेपाल २०७९ असार ९ मा प्रकाशित

रणवीर कपूर, सञ्जय दत्त र वाणी कपूर स्टारर फिल्म ‘शमशेरा’ रिलिज हुनुअघि नै धमाधम धमाधम बनिरहेको छ । हालै निर्माण पक्षले फिल्मको टिजर रिलिज गरेको छ । योसँगै यशराज फिल्म्सले फिल्मको ट्रेलर २४ जुनमा मुम्बई, बडोदरा र इन्दोरामा रिलिज गर्ने तयारी गरेको छ ।

करण मल्होत्राले निर्देशन गरेको यो फिल्मले चार वर्षपछि रणवीरको सिनेमा हलमा पुनरागमन गरेकोले निकै प्रतिक्षा गरिएको छ । यो फिल्म मार्फत पहिलो पटक वाणी र रणवीर कपुरको जोडी ठूलो पर्दामा देखिनेछ ।

योसँगै ‘शमशेरा’ को ट्रेलर रिलिज हुनुअघि वाणी कपूरको लुक बाहिर आएको छ । वाणी कपूरले आफ्नो लुकको पोस्टर सेयर गर्दै लेखेकी छिन्, ‘उनी अथक छिन् र सुनको मुटु छिन् । त्यो सुन हो शमशेराको ट्रेलर भोलि रिलिज हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट