राजकुमार रावको ‘हिट’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

बलिउड अभिनेता राजकुमार राव मुख्य भूमिकामा रहेको फिल्म ‘हिटः द फस्र्ट केस’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो।

यो फिल्म सोही नामको चर्चित तेलगु फिल्ममा आधारित रहेर बनेको फिल्म हो। फिल्ममा राजकुमार रावसँगै शान्या मल्होत्रा मुख्य भूमिकामा रहेकी छिन्।

फिल्म क्राइम थ्रिलर विधामा आधारित रहेको छ। फिल्ममा एक बेपत्ता महिलाको खोजीमा आधारित रहेर कथा प्रस्तुत गरिएको छ। फिल्ममा शान्या र राजकुमारसँगै जतिन गोस्वामी, शानु कुमार र रोहन सिंहको अभिनय रहेको छ।

धेरै पढिएका

पछिल्ला अपडेट