सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’ भदौ ३ मा सार्वजनिक

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

काठमाडौँ, १० असार । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोस्टरमा फिल्मका मुख्य पात्रहरुको लुक्ससँगै उनीहरुको जीवनशैलीलाई देखाइएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् ।

यसको प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । यसमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ ।

उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । फिल्ममा आत्मियता, भावनात्मक सम्बन्धनसँगै हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको यसमा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट