आना र साम्राज्ञीबीच को राम्री देखिने प्रतिस्पर्धा !

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा दुवै फेसनको मामिलामा ‘कन्सस’ लाग्छन् । फेसनलाई लिएर दुवै जना सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय छन् ।

एक किसिमले लाग्छ, फोटो सेयरिङ वेबसाइट इन्स्टाग्राममा आना र साम्राज्ञीबीच को राम्री देखिने भन्ने होड नै चलिरहेको छ । युवापुस्तामाझ रुचाइएका यी दुईको स्वभाव पनि लगभग समानजस्तै छ ।

चुजी स्वभावका यी दुई बोल्ड र ब्युटीफुल देखिन्छन् तस्वीरमा । फिल्म मात्र होइन, रिलेसनसिपको गसिपले पनि यी दुई जनालाई पछ्याइरहन्छ । अहिले दुवै अभिनेत्री प्रेममा मस्त छन् । साम्राज्ञी रिलेसनसिपलाई लिएर गुपचुप छिन् भने आना खुलेरै प्रेम व्यक्त गरिरहेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट