जीवन उपयोगी १० रोचक तथ्य, हेर्नुहोस्

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

जीवनसँग सम्बन्धित धेरै कुराहरु हुन्छन्, जसकोबारेमा सामान्यतया मानिसहरु अनविज्ञ हुन्छन्। यस्ता विषयले मानिसको जीवनमा धेरै सहायता गर्न सक्छ र यस्ता कुरालाई दैनिक जीवनमा अपनाउन सकिन्छ।

जानिराखौं १० यस्ता रोचक तथ्य, जसले जीवनलाई सरल बनाउन मद्दत गर्दछ ।

१. कुनै वस्तु किन्दा आफुलाई अप्ठ्यारो महसुस हुन्छ, तर उक्त वस्तु आफूलाई चाहिएको छ भने एउटा आइडिया लगाएर सो सामान वा वस्तु सजिलैसँग किन्न सकिन्छ । त्यस्तो सामान किन्दा हातमा एउटा ग्रिटिंग कार्ड बोकेर उक्त सामान किन्यो भने मानिसहरूले कसैको लागि उपहार खरिद गरिरहेको बुझ्ने गर्दछन्।

२. अनावश्यक शरीरको तौल घटाउनका लागि आफू सुत्ने ४ घण्टा अघि केहि पनि खानुहुँदैन। नियमित यस्तो गर्दा वजन सन्तुलित रहने गर्दछ।

३. यदि निन्द्रा नलागेर हैरान हुनुहुन्छ भने १०० बाट उल्टो गन्ने प्रयास गर्नुहोस्, ५० पुग्दा नपुग्दै तपाईंलाई निन्द्र लागिसक्छ भनेर एक अध्ययनले देखाएको छ।

४. कसैले आफ्नो कुराको विषयमा चासो लिइरहेको वा नलिरहेको थाहा पाउन आफ्नो हातलाई छातीको छेउ बाँध्नुहोस्, यदि अगाडि भएको व्यक्तिले पनि उसको हात बाध्यो भने उसले कुरामा चासो वा रुचि लिइरहेको बुझिन्छ।

५. नियमित र निरन्तर गीत संगीत सुन्दा ब्रेन ट्युमर हुने जोखिम कम हुने गर्दछ।

६. यदि कसैको मोजा अत्याधिक गनाउँछ भने त्यसलाई एकरात आफ्नो डिप फ्रिजमा राखियो भने चिसोले मोजामा भएका सम्पूर्ण जीवाणुहरु मर्ने गर्छन् र गन्ध आउने समस्या केहि हदसम्म निर्मूल हुने गर्दछ।

७. वाद्यबादन वा नयाँ भाषा सिक्दा यसले मस्तिस्कको क्षमता बढाउने गर्दछ।

८. ब्याट्रीको अवस्था जाँच गर्न, ब्याट्रीलाई ६ इन्च उचाईबाट खसल्नुहोस्, यदि त्यो ब्याट्री एक चोटी मात्र उफ्रिन्छ भने त्यो राम्रो अवस्थामा छ। यदि उक्त ब्याट्री एकभन्दा बढी चोटी उफ्रिन्छ भने ब्याट्री बिग्रिने अवस्थामा पुगिसकेको वा बिग्रिसकेको बुझ्नु पर्छ।

९. सेल्सियसलाई फरेनहाइटमा रूपान्तरण गर्न सेल्सियसलाई डबल गर्नुहोस् र त्यसमा २८ जोड दिनुहोस्।

१०. हप्तामा कम्तिमा ५ पटक चकलेटको सेवन गर्दा मुटुरोग हुने जोखिम कम हुन्छ।

धेरै पढिएका

पछिल्ला अपडेट