यस्ता छन् हस्तमैथुन गर्नुका फाइदाहरु

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

हस्तमैथुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अश्लील उत्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने हस्तमैथुनलाई गलत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ । हस्तमैथुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ ।

यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्रवल रुपमा उत्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।

हेर्नुहोस् हस्तमैथुनको ७ फाइदाहरु

१. सुरक्षित क्रिया : यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।

२. तनाव घटाउँछ : हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।

३. प्रसन्न बनाउँछ : हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।

४. मीठो निद्रा : सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।

५. यौन दुर्बलताको उपचार : शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।

६. प्रजनन् रोग घटाउँछ : हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।

७. रोगप्रतिरोधी क्षमता बढाउँछ : वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट