लोकगायिका दिलमायाको प्रेमीले हत्या गरेको खुलासा, सुसाइड नोट नक्कली

रंग नेपाल २०७९ असार १२ मा प्रकाशित

काठमाडौँ । लोकगायिका दिलमाया सुनारको आफ्नै प्रेमीले हत्या गरेको खुलासा भएको छ ।

सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि हत्या भएको खुलेको हो ।

उनको मृत्यु प्रकरणमा पक्राउ परेका उनकै प्रेमी सुरेश श्रेष्ठले हत्या गरेको प्रहरीको विशेष स्रोतले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो ।

पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ । पक्राउ परेका श्रेष्ठले विवाह गर्न दवाव दिएपछि विवाद हुँदा हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

त्यस्तै, आत्महत्या देखाउन सुरेशले आफैँ सुसाइड नोट लेखेको पनि खुलेको छ । हत्या लुकाउन उनले दिलमायाको भावुक भिडियोहरु समेत पोष्ट गरेको बताइएको छ ।

सुनारको शव बालाजुको नेपालटारस्थित कोठामा आइतबार विहान फेला परेको थियो ।

प्रहरीले लिभिङ्ग टुगेदरमा रहँदै आएका श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पतिसँग सम्बन्ध विच्छेद गरेकी उनको छोरा सुर्खेत मालारानीस्थित माइतीमै बस्दै आएका छन् ।

यस्तो थियो सुनारको फेसबुकको सुसाइड नोटः

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु । आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

धेरै पढिएका

पछिल्ला अपडेट