चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आरजु राणासँग लविङ गर्ने को–को हुन्?

रंग नेपाल २०७९ असार १२ मा प्रकाशित

काठमाडौं। रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति खानका लागि दर्जन बढी कलाकार, फिल्म निर्देशक बालुवाटार दैलोमा लविङ गर्न पुगेका छन्।

भर्खरै कांग्रेस छिरेका, कांग्रेसमा रहेका कलाकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणासँग लविङ गरिरहेको बताइएको छ।

अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती, नरेश पौडेल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, अरुण प्रधानलगायत शक्ति केन्द्रमा धाइरहेका छन्। यसका निम्ति प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकहाँ पनि सिफारिस गर्न लविङ जारी छ।

अब बस्ने मन्त्रिपरिषदको बैठकले चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त गर्नेछ।

धेरै पढिएका

पछिल्ला अपडेट