रोशनको ‘सही हो नी कान्छी’ सार्वजनिक

रंग नेपाल २०७९ असार १३ मा प्रकाशित

काठमाडौँ । ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’ लगायतका दर्जनौ हिट गीतका गायक रोशन गुरुङले नयाँ ‘सही हो नी कान्छी’ लिएर आएका छन् ।

कुमार गुरुङको शब्द रहेको गीतमा इन्द्र गुरुङले संगीत दिएका छन् । गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ ।

इलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन भएको भिडियो हरी गोले लामाले छायाँकन गरेका हुन् । भिडियोका निर्देशक बाबु जिम्बा रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट