भारतका लोकप्रिय कलाकार ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा

रंग नेपाल २०७९ असार १५ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना तथा अभिनेतारज्योतिष हरिहर अधिकारीले निर्माण तथा अभिनय गर्ने नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार ब्रह्मानन्दमले अभिनय गर्ने भएका छन् ।

चन्द्र पन्तले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको जानकारी मंगलबार निर्माण पक्षले दिएको छ । यो फिल्ममा ब्रह्मानन्दमको पारिश्रमिक अन्य सबै कलाकारको भन्दा बढी हुने गरि सम्झौता गरिएको बताइन्छ ।

हास्य कलाकारको रुपमा लोकप्रिय ब्रह्मानन्दमले संसारमै सबैभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । सन् असीको दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

यसअघि ‘ह्रस्व दीर्घ’ मा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट