भारतको मल्टिप्लेक्स चेन पिभिआरमा ‘कबड्डी ४’ प्रदर्शन हुने

रंग नेपाल २०७९ असार १५ मा प्रकाशित

काठमाडौँ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४ ‘ द फाइनल म्याचु ले बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखिसकेको छ।

घरेलु बक्स अफिसमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले प्रदर्शन गर्न लागेको छ।

पिभिआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ को ट्रेलर राख्दै आगामी शुक्रबारबाट प्रदर्शन हुने जानकारी दिएको छ। पिभिआरमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुन लागेको हो। यो फिल्म भारतको सिक्किमबाहेक अन्य सहरमा प्रदर्शन हुनेछ।

धेरै पढिएका

पछिल्ला अपडेट