प्रेमीकी श्रीमती र छोरी कुट्ने मन्त्री विमलाले दिइन् राजीनामा

रंग नेपाल २०७९ असार १५ मा प्रकाशित

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् ।

पटक पटक विवादमा आइरहेकी मन्त्री वलीले वुधबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा दिएकी छन् ।

केही दिन अघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि उनको चौतर्फी आलोचना थियो ।

नेकपा (एमाले)ले तत्कालै मन्त्री वलीको राजीनामा माग गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट