‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

रंग नेपाल २०७९ असार १५ मा प्रकाशित

काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट सिनेमाको कथासार बुझाउन खोजेको बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफुने टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट सिनेमा नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफु पुर्ण रुपमा सिनेमाकको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । सिनेमामा केही र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् । रामजी लामिछानेकको कोरियोग्राफी रहेको केहीदिन अघि श्रीकाली चौरमा खिचिएको सिनेमाको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भैरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट