पप गायक विजय लामाको ‘नलाउ भन्छु माया’मा प्रिया र राजुको रोमान्स (भिडियो)

रंग नेपाल २०७९ असार १५ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय पप गायक बिजय लामाले ‘नलाउ भन्छु माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गायक तथा संगीतकार संजिब पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिगं रहेको छ । भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ ।

प्रेम, रोमान्स र धोकालाई नजिकबाट केलाइएको नलाउ भन्छु मायामा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा गायक लामा कलाकारका रुपमा नयाँ भूमिकामा देखा परेका छन् ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको छायांकन पर्यटकीय नगरी नगरकोटमा गरिएको हो ।

गायक लामाका तोगंबाको तातो पानी, नखानु पानी तोगंबाको, ए कान्छी तिमीलाई , भोली फर्की आउँछु आउँदिन, लगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् ।

गायक लामाको मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो उनको आफ्नै च्यानल बिजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

भिडियो:

धेरै पढिएका

पछिल्ला अपडेट