यस्ता छन् महिलाको योनांगमा हुने रौंको पाँच फाइदाहरु

रंग नेपाल २०७९ असार १६ मा प्रकाशित

काठमाडौँ । मानिसका शरीरका अंगहरुमा रौँ हुने गर्दछन् । विशेषगरी छोपिने स्थानहरु काखी, गुप्तांगहरुमा रौं हुने गर्दछ । गुप्तांगका रौं सफा गर्ने चलन पछिल्लो समय विश्वभरी नै फैलिएको छ ।

तर शरीरमा विशेष कारणले रौं आउने गर्दछन् । रौंको आफ्नै फाइदाहरु रहेका हुन्छन् । अन्य अंग जस्तै महिलाका योनांगमा हुने रौंको पनि फाइदाहरु रहेका छन् ।

भारतस्थित एपोल्लो स्पेक्ट्रा हस्पिटलकी स्त्री रोग विशेषज्ञ डाक्टर सिभानी सब्रवालले हेल्थसट्स डटकमसँगको अन्तर्वार्तामा योनीको रौं काट्नमा भन्दा नकाट्नमै फाइदा भएको बताउँछिन् ।

सब्रवालका अनुसार यस्ता छन् प्युबिक हेयरका फाइदाहरुः

१. यौन परिपक्वताको संकेत

महिलाको यौवनको सुरुवातसँगै उनीहरुको यौनांगमा रौंहरु पलाउँछन् । यसको अर्थ उनीहरु यौनका लागि परिपक्व हुन्छन् र बच्चा जन्माउने अवस्थामा पुग्छन् ।

गुप्तांगमा पलाएका रौंहरुको प्राकृतिक फाइदाहरु छन् । यसले तपाइँको गुप्तांगलाई सुरक्षा प्रदान गर्दछ ।

२. सुरक्षा

महिलाको योनी निकै नै संवेदनशील छालाले घेरिएको हुन्छ। यहाँको भाग शरीरका अन्य भागभन्दा निकै संवेदनशील मानिन्छ ।

योनीमा हुने रौंले ब्याक्टेरिया लगायतका किटाणु र जिवाणुलाई रोक्छ र योनीलाई सुरक्षा प्रदान गर्दछ। यदी सो क्षेत्रका रौं काटिए घाउ तथा खटिराजस्ता समस्या देखा पर्नसक्छ ।

नचाहिँदा विकार वस्तुलाई रौंले रोकिदिने हुनाले यो निकै महत्वपूर्ण मानिन्छ ।

३. गुप्तांगको कवच

महिलाको यौनांग संवेदनशिल हुनेहुँदा यसलाई निकै सफा र सुरक्षित राख्नुपर्छ। गुप्तांगलाई तातो र चिसो प्रदान गर्न पनि रौंले भूमिका खेलेको हुन्छ ।

रौंले योनीको छालालाई सुख्खा हुनबाट जोगाउँछ ।

४. फर्मोन फैल्याउँछ

फर्मोन्स त्यस्तो गन्ध हो जसले यौन साथीलाई आकर्षिक गर्छ जुन रौंंले प्रदान गर्दछ ।

रौंको घनत्वअनुसार त्यस्तो गन्ध महिलामा हुने विज्ञको भनाइ छ । यस्ता गन्धका कारण पुरुषहरु आकर्षित हुने भएकाले यौन जीवन थप सुखमय हुन्छ ।

५. घर्षणमा कमी

यौन सम्पर्कगर्दा हुने घर्षणलाई महिलाको रौंले कम गर्छ।

रौंनै छैन भने पुरुष र महिलाको छालाबीच घर्षण हुन्छ जसले पोल्ने र दुख्ने समस्या देखापर्छ।

महिलाले लुगा लगाउँदा समेत रौंले योनीलाई बचाउँछ। योनीलाई सरसफाइ भने गरिरहनुपर्छ।

धेरै पढिएका

पछिल्ला अपडेट