उत्तमको शब्द संगीत अनि अनामिकाको स्वरमा ‘तिमीलाई मैले फुल’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०७९ असार १६ मा प्रकाशित

काठमाडौँ । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द संगीतमा ‘तिमीलाई मैले फुल सम्झेको थिएँ’ सार्वजनिक भएको छ ।

यसै गीतमार्फत नेपाली गीत संगीत क्षेत्रमा नव गायिका अनामिका बस्नेत गौतमले पहिलो पाईला टेकेकी छिन् ।

गायिका गौतमको यो पहिलो प्रयासको तारिफ गरिएको छ । गाउँले दाई उत्तम भण्डारी र श्रीमान् बेजिन्द्र गौतमको साथ र हौसलाले उनलाई संगीत क्षेत्रमा अगाडि बढ्न सहयोग पुगेको छ ।

आगामी दिनमा संगीतका थप कक्षाहरु लिने र औपचारिक रुपमै संगीत अध्ययन गर्ने योजना बनाएकी गायिका गौतमका अन्य गीतहरु पनि रेकर्डिङको क्रममा छन् ।

हाललाई स्टुडियो भिडियो मार्फत बजारमा ल्याईएको गीतको अफिसियल भिडियो पनि छिट्टै बजारमा आउने गीतकार संगीतकार उत्तम भण्डारी बताउँछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट