इन्डोनेशियामा ४ उपाधि जितेर फर्किए नेपाली बालबालिका

रंग नेपाल २०७९ असार १७ मा प्रकाशित

काठमाडौँ । इन्डोनेशियामा आयोजना भएको ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ नेपालका ४ बालबालिकाले उपाधि जित्न सफल भएका छन् ।

बाली शहरमा आयोजना भएको प्रतियोगीतामा कर्मा कलसंग सुरुतेले ‘लिटिल प्रिन्स इन्टरनेशनल’, आयु खत्रीले ‘लिटिल प्रिन्सेज इन्टरनेशनल’, कृषा खड्गीले ‘लिटिल टिन इन्टरनेशनल’ शिर्ष उपाधि हात परेका हुन् ।

५ बालबालिका सहभागी प्रतियोगीतामा यास्ना श्रेष्ठले बेष्ट फ्रेन्डसिप उपाधि जित्दा अर्का सहभागी रिदम नेपाल टप २ सम्म हुन सफल भएका थिए ।

१० बढी राष्ट्रका बालबालिका सहभागी प्रतियोगीतामा ‘२४ देखि २५ जुनसम्म आयोजना भएको थियो । सुतान एन्ड्रे (अन्तराष्ट्रिय फेसन डिजाइनर), तासिया ( इन्डोनेशिया सुपर मोडल) र राज फैजु (अन्तराष्ट्रिय कोरियोग्राफर) प्रतियोगीताको निर्णायकमा रहेका थिए ।

नेपाली कला संस्कृति सहित नेपाली बालबालिकालाई उक्त प्रतियोगीतामा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सहभागी गराएको हो । सबै प्रतियोगी बिहिबार स्वदेश फर्किएको अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजुले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट