यस्तो देश जहाँका जेलहरु खाली छन् !

रंग नेपाल २०७९ असार १९ मा प्रकाशित

काठमाडौँ । नेदरल्याण्ड विश्वको सबैभन्दा सून्दर देशहरुमा गनिन्छ ।

तर अहिले नेदरल्याण्ड सून्दरताका अलावा क्राइम रेटका कारण चर्चामा आएको छ । नेदरल्याण्डमा अपराध दरमा यति धेरै गिरावट आयो कि अहिले देशका कुनै पनि जेलमा कैदी छैनन् ।

नेदरल्याण्डमा सन् २०१३ यता जेल बन्द गर्ने सिलसिला जारी छ । सन् २०१९ मा यहाँ केही जेल बन्द गरिएको थियो । केही जेललाई शरणार्थिकालागि स्थायी आवासमा बदलिएको थियो । नेदरल्याण्डमा केवल अपराध दर मात्र नभइ अपराधिमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ ।

नेदरल्याण्डमा छिमेकी देश नर्वेबाट कैदी पठाएर खाली जेल भरिदै छ । यसो गर्नुको कारण चाहिँ जेल व्यवस्था सञ्चालनमा रहोस् भन्ने हो । नर्वेमा अपराध दर धेरै छ । र कैदी अटाउने कारागारमा कमी आएको थियो । –एजेन्सी

धेरै पढिएका

पछिल्ला अपडेट