बिहेअघि नीताले दिइन् ब्याचलर पार्टी

रंग नेपाल २०७९ असार २१ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गाना तीन दिनपछि अर्थात असार २४ गते शुक्रवार वैवाहिक सम्बन्धमा बाँधिदैछिन् ।

युवा ज्योतिष एवम् अभिनेता हरिहर अधिकारीसँग विवाह गर्न लागेकी नीतालाई सोमवार उनका निकट साथीहरूले ब्याचलर पार्टी दिएका छन् ।

ब्याचलर पार्टीका केही तस्वीरहरू नीताले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् । जहाँ नीता लगायतका साथीहरू मस्ती मुडमा देखिएका छन् । तस्वीरमा नीता निकै प्रफुल्लित देखिएकी छिन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट