फिल्म ‘काली’को पोस्टरमा विवाद चर्किंदै

रंग नेपाल २०७९ असार २१ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ । लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो ।

फिल्मको पोस्टरमा कालीको एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ । पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उजुरी दर्ता भएपछि दिल्ली प्रहरीको आईएफएसओ युनिटले काली फिल्मको विवादित पोस्टरको विषयमा कारबाही थालेको छ । प्रहरीले फिल्मी निर्देशक लीना मणिमेकलाई यसविरुद्ध धर्म र जाति समुदायको भावनामाथि आघात पुर्‍याएको आरोपमा मुद्दा दर्ता गराएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट