चलचित्र ‘झिंगे दाउ’को “आगो बिना बिँडी जल्दैन”सार्वजनिक

रंग नेपाल २०७९ असार २१ मा प्रकाशित

काठमाडौँ । चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत आज गीत सार्वजनिक गरिएको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । भिमनिधि तिवारीको कथामा आधारित चलचित्र ‘झिंगे दाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।

सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन । “आगो बिना बिँडी जल्दैन”बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारले स्वर दिएका छन् ।

कपनगडी सिनेमा र फिल्म क्यू नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे(कल्पित)को छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्र ‘झिंगे दाउ’ यही भदौँ १७ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट