सदीक्षाले गरिन् विवाह

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएकी छिन् । सदीक्षाले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार विवाह गरेकी हुन् । एक पार्टी प्यालेसमा यी दुईको विवाह सम्पन्न भएको हो। केही समय देखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

नेवारी परम्परा अनुसार दुवैले लगनगाँठो कसे । उनीहरु विवाहमा आफन्त र निकट व्यक्ति मात्र उपस्थित थिए । काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षाले एक वर्षदेखि डेट गरिरहेका थिए । सदीक्षाको विवाहमा आफन्तसँगै पूर्व मिस नेपालीहरूको उपस्थिति थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट