रोमानियामा ‘वर एण्ड वधु’

रंग नेपाल २०७९ असार २५ मा प्रकाशित

काठमाडौँ । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरु भएको छ। फिल्म युनिटले रोमानियाबाट यसको छायांकन सुरु गरेको छ। विदेश र नेपालमा संयुक्त रूपमा छायांकन हुने फिल्ममा दोस्रो सेड्युलमा नेपाल खिचिने छ।

केही दिन अगाडी निर्देशक चाम्स सहितको टोली रोमानिया पुगेर छायांकन स्थल तय गरेपछि कलाकारको टोली त्यहाँ पुगेको थियो।

दुई साताको विदेश सेड्युल भनिएको फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो। विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रूपमा विवेक कर्माचार्यले डेब्यु गर्दै छन् ।

फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट