‘हिँड्दा हिँड्दै’ को छायाँकन सकियो

रंग नेपाल २०७९ असार २६ मा प्रकाशित

काठमाडौँ । ‘हिँड्दा हिँड्दै’ को छायांकन सकिएको छ । फिल्मको छायांकन शनिबारबाट सकिएको निर्माता सुशिल पंगेनीले जानकारी दिए ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगरको निर्देशन रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाको अलवा नवनायिकाको रेखा शाहको मुख्य भुमिका छ ।

प्रेम कथामा बन्न लागेको फिल्ममा दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता, सुशील पंगेनी प्रस्तुतकर्ता रहेका छन् । फिल्मको लेखन प्रस्तुतकर्ता पंगेनी आफैले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट