‘प्रेमगञ्ज’ को अफिसियल गीत सार्वजनिक (भिडिओ)

रंग नेपाल २०७९ असार २६ मा प्रकाशित

काठमाडौँ, २६ असार । भाद्र ३ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘प्रेमगञ्ज’ को आधिकारिक गीत सार्वजनिक भएको छ । पुरुषोत्तम ढुङ्गेलको शब्द र सङ्गीत रहेको उक्त भिडियोमा तेज गिरी, बेनिशा हमाल, राइडर प्रसान र सुप्रिया खनालको प्रस्तुति रहेको छ । भिडियोमा स्वर किरण भुसालले दिएका छन् ।

केही समयअगाडि यो चलचित्रको अर्को गीत ‘तरबार’ पनि साझा भएको थियो । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । फिल्मको लेखक पनि परिच्छेद नै हुन् । यो परिच्छेदको डेब्यु निर्देशकीय फिल्म हो ।

धेरै पढिएका

पछिल्ला अपडेट