शोभित बस्नेतको ‘बद्री बहादुर’ नेपाल अघि अष्ट्रेलियामा प्रदर्शन हुने

रंग नेपाल २०७९ असार २७ मा प्रकाशित

काठमाडौँ । निर्देशक शोभित बस्नेत निर्देशित सिनेमा ‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ ।

सिनेमाको आगामी जुलाई ३० तारिखमा सिड्नी. लगाएत चार शहरमा रिलिज गर्न लागिएको छ । सिनेमा रिलिजकको लागि शोभित केही दिन अघि अष्ट्रेलिया उडेका थिए । सिनेमाको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् ।

सिनेमालाई संचारकमर्मी.रबि अधिकारीले.कार्यकारी निर्माता रहेका छन् । एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।

सिनेमामा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत धिरेन शाक्य, अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली सिनेमामा डेव्यु गरेकका थिए ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नूत्य निर्देशन, शंकर महर्जनको द्वन्द रहने छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन रहने छ ।

मुख्य सहायक निर्देशक ; रामजी राउत,रहेको छ । कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट