‘हेल्लो जिन्दगी’ ले कोलकातामा जित्यो अवार्ड

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ भारतको कोलकातामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डिङ एचिभ्मेन्ट अवार्ड’ जितेको छ ।

एभरेष्ट सूर्य बोहोरा निर्देशित तथा विक्रम डि। जोशीद्वारा निर्मित तथा अभिनित यो फिल्मले केही साता अघि गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड समेत जितेको थियो ।

भारत, बेलायत, जापान, इजिप्ट, ताइवान, क्युवा, टर्की, इन्डोनेसिया, स्पेन, अष्ट्रेलिया, चीनलगायत थुप्रै देशका फिल्महरुले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशित ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म विधामा अवार्ड जितेको जानकारी निर्देशक बोहोराले दिएका छन् ।

गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहोरा स्वयं प्रमुख भूमिकामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट