‘ग्रहण’ को छायांकन सेप्टेम्बरबाट

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने भनिएको फिल्म ‘ग्रहण’ को छायांकन सेप्टेम्बरको पहिलो साताबाट हुने भएको छ ।

घोषणाको समयमा मेलाई छायांकन डेट टार्गेट गरिएता पनि वर्षा याम भएकाले सेप्टेम्बरको पहिलो साता छायांकन सुरु गर्ने फिल्मका अभिनेता तथा कार्यकारी निर्माता विनय श्रेष्ठले बताए। उनले फिल्मको प्रि.प्रोडक्सनको काम भइरहेको जानकारी दिँदै निर्धारित समयमा नै छायांकन हुने बताए ।

‘हामीले फिल्म घोषणाको समयमा भनेको डेट कन्फर्म नभई टार्गेट थियो । मौसम बिग्रिने, वर्षा हुने समस्याको कारण हामीले सेप्टेम्बरबाट छायांकन गर्ने तयारी थालेका छौँ’ उनले भने । फिल्ममा विनयसँगै नम्रता श्रेष्ठ, सारुक ताम्राकार फाइनल भइसकेका छन् ।

निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट