दिपेश र जुना अभिनित ‘पन्छी’ सार्वजनिक

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । मोडलिङ र अभिनय क्षेत्रमा भविष्य खोजिरहेका युवा जमात ठूलो छ । कतिपयले यो क्षेत्रलाई नबुझेर अघि बढ्दा दुख पाउने सम्भावाना धेरै हुन्छ । भर्खरै मात्र कलाकारिता क्षेत्रको एउटा तितो यथार्थलाई समेटर तयार पारिएको म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ ।

यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट