शिव परियारको स्वरमा ‘चिठी’ को गीत

रंग नेपाल २०७९ असार २९ मा प्रकाशित

काठमाडौँ । गायक शिव परियारले फिल्म ‘चिठी’ का लागि गीत गाएका छन् । उनले फिल्मको ‘टुटेको तारा’ बोलको गीत सोमबार साँझ आफ्नो स्वरमा रेकर्ड गराएका हुन् ।

गीतमा डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन छ । गीतको शब्द, संगीत राम्रो लागेकोले आफुले गीत गाएको गायक परियाले बताए ।

‘चिठी’ माधवराज खरेल निर्देशित फिल्म हो । एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसे, शान्ति प्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु लगायतको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट