शाहरुखको ‘जवान’ मा विजयको इन्ट्री

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ । बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठिकठाक छैन । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो ।

त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा सानो भूमिकामा देख्न पाइने छ भने हालै फिल्म ‘रकेट्री’ मा देखियो । यी फिल्ममा उनको केमियो मात्र छ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् ।

उनले आउँदो वर्ष पठान, जवान, डंकी जस्ता फिल्म मार्फत बलियो कमब्याक गर्न लागेका हुन् । उनको कमब्याकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । किनकि उनले सोसल, एक्सन र थ्रिलर जनराको फिल्म गर्दैछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट