तिमीलाई रोजें गीत अब नयाँ भर्सनमा

रंग नेपाल २०७९ असार ३१ मा प्रकाशित

काठमाडौँ, ३१ असार । लोकप्रिय गायक राजेशपायल राईले हस्ती गायक, संगीतकार, गीतकार तथा कलाकार मुरलीधरको अत्यन्तै मन पराइएको गीत तिमीलाई रोजें पुनः आफ्नो स्वरमा रि–रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गर्ने भएका छन्।

एक जमानामा रेडियो नेपालमा मुरलीधरको स्वरमा समेत लोकप्रिय उक्त गीत पछि गायक राजेशपायलले आप्mनो स्वरमा रेकर्ड गरी सुपरहिट एल्बम बैगुनी रै’छौ मायालु एल्बममा संग्रहित गरेका थिए।

राजेशपायलले पहिलो नेपाल आइडलको अतिथिको रूपमा पुगेका बेला उक्त गीत प्रस्तुत गर्दा तानेको लामो अलापले त्यसबेला निकै चर्चा पाएको थियो भने युट्युब ट्रेन्डिङमा समेत परेको थियो।

धेरै पढिएका

पछिल्ला अपडेट