फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ असार ३१ मा प्रकाशित

काठमाडौँ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण लीला’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५५ सेकेन्डको सार्वजनिक ट्रेलरमा फिल्मका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडको कथा देखाउन खोजिएको छ ।

एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार चढावमा फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट