‘कबड्डी ४’ ले ५१ दिनसम्म आउँदा कति कमायो ?

रंग नेपाल २०७९ असार ३२ मा प्रकाशित

काठमाडौँ, ३२ असार । कीर्तिमानी चलचित्र ‘कबड्डी ४’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । जेठ १३ गतेबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित मल्टीस्टारर चलचित्रले शनिबार प्रदर्शनको ५१ दिन मनाएको हो ।

अहिले चलचित्र उपत्यकाका ९ वटा हलमा प्रदर्शन भइरहेको निर्मातामध्येका एक मणिराम पोखरेलले जानकारी दिए । प्रदर्शन भईरहेका हलमा अझैपनि दर्शकको उपस्थिति उत्साहजनक रहेको उनले बताए ।

यो चलचित्रले अष्टेलियामा पनि प्रदर्शनको ५१औँ दिन मनाएको छ । अन्य देशहरूमा पनि चलचित्रले यतिबेला उत्साहजनक व्यापार गरिरहेको छ ।

‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र बनेको छ । चलचित्रले हिजो ५० दिनमा शुक्रबारसम्म नेपालमा २२ करोड ८३ लाख रुपैयाँ व्यापार गरेको निर्माता पोखरेलले जानकारी दिए ।

५१ दिन मनाएको उपलक्ष्यमा कुनै कार्यक्रम भने राखिएको छैन । ‘दर्शकहरूले दिनुभएको अपार माया, प्रेमका लागि धन्यवाद भन्न चाहान्छौँ’ निर्माता पोखरेलले भने ।

धेरै पढिएका

पछिल्ला अपडेट