कमल खत्रीले ल्याए ‘म गीत हुँ तिम्रो २’

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । गायक कमल खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘म गीत हुँ तिम्रो २’ शीर्षकको गीतमा कमललाई गायिका मेलिना मैनालीले गायनमा साथ दिएकी छन् । गीतमा कमलकै शब्द तथा संगीत रहेको छ ।

प्रेमिल भावको गीतको भिडियोमा पुष्प खड्का र एलिजा गौतम फिचर्ड छन् । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् । शुक्रबार रिलिज गरिएको यो गीत युट्युबको नेपाल ट्रेन्डिङमा समेत परिसकेको छ ।

भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट