डंकी लुक्समा देखिए शाहरुख

रंग नेपाल २०७९ साउन ३ मा प्रकाशित

काठमाडौँ । बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् ।

उनी आउँदो वर्षको सुरुवातमा पठानमा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् ।

फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन् । त्यसपछि उनले आफ्नो हिट फिल्म ‘डन’ को तेस्रो सिरिजमा काम गर्ने तयारी गरेका छन् । पछिल्लो फिल्म ‘जिरो’ सम्म फ्लपको सामना गरेपछि शाहरुखले ब्रेक लिएका थिए । उनी अब भने ५ वर्ष पश्चात बलिउडमा कमब्याक गर्न तयार छन् ।

यी मध्ये डंकी प्रतीक्षित छ । हिरानीको निर्देशनमा तयार हुने भएकोले पनि फिल्मलाई लिएर दर्शक उत्साहित छन् । लण्डनमा फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त सेटको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा शाहरुखको लुक्स देखिएको छ ।

‘डंकी फ्लाइट’ अर्थात सिमाना पार गर्ने अवैध बाटोको भन्ने बुझिन्छ । अवैध सिमा अध्यागमनको विषयलाई समेटिने भएकाले पनि फिल्मको नाम ‘डंकी’ राखिएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट