प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन ३ मा प्रकाशित

काठमाडौँ । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सकेण्डको टेलर सार्वजनिक गरेको हो ।

‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, अमजद प्रवेज, देव कुमार श्रेष्ठ, हुम बिसीलगायतको अभिनय छ ।

एक विपन्न परिवारको शिक्षित युवकले सरकारी शिक्षक बनेर आफ्नो बुबाको चाहना र आफ्नो सपना पूरा गर्न गर्ने संघर्षको कथा फिल्मले पेश गर्छ । जुम्लामा खिचिएको फिल्ममा त्यहाँको भाषा, भेषभूषालाई चित्रण गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट