अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ को तेस्रो शृङ्खला बन्ला ?

रंग नेपाल २०७९ साउन ४ मा प्रकाशित

मुम्बई । अल्लु अर्जुन पछिल्लो समय आफ्नो फिल्म ‘पुष्पा’ का कारण निकै चर्चामा छन् । उनले उक्त फिल्म मार्फत दक्षिण भारतमा मात्र नभई नर्थ इन्डियामा पनि उत्तिकै फ्यान बनाए । उनको स्टारडमले बलिउडलाई समेत धक्का दियो ।

यिनै अल्लुलाई हिन्दी फिल्मको अफर पनि गयो । तर , उनी पुष्पाको सिक्वेल ‘पुष्पा द रूल’ को काम नसकी अन्य फिल्ममा काम गर्ने योजनामा छैनन् ।

पुष्पाको सिक्वेलको चर्चाकै बीच यसमा अभिनय रहने अर्का कलाकार फहाद फासिलले ‘पुष्पा’को तेस्रो भाग पनि बन्ने बताएका छन् । उनले निर्देशक सुकुमारले तेस्रो भागका लागि पनि तयार रहन भनेकाले तेस्रो भाग पनि बन्ने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट