मेलिना र बिकुको स्वरमा ‘दूधको साक्षी बिरालो’ सार्वजनिक

रंग नेपाल २०७९ साउन ४ मा प्रकाशित

काठमाडौँ । मेलिना राई र बिकु क्षेत्रीको स्वरमा ‘दूधको साक्षी बिरालो’ गीत सार्वजनिक भएको छ । गीतमा इँट्टाघरेको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

आकर्षण र प्रेमलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोका निर्देशक गीतकार इँटाघरे स्वयं हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट