रणवीर–आलिया विवाहको ३ महिनापछि हनिमुनमा जादै

रंग नेपाल २०७९ साउन ५ मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट ४ वर्षको लामो ब्रेकपछि ठूलो पर्दामा फर्किएका छन् ।

हालै कुराकानीका क्रममा उनले फिल्म रिलिजपछि फेरि ब्रेक लिने तयारी गरिरहेको खुलासा गरेका छन् । वास्तवमा रणवीर विवाहपछि कामको प्रतिबद्धताका कारण अहिलेसम्म हनिमुनमा जान सकेका छैनन् ।

त्यसैले उनले ‘शमशेरा’ रिलिजपछि आलिया भट्टसँग एक साताको छुट्टीमा जाने योजना बनाएका छन् ।

हालैको एक अन्तर्वार्तामा रणवीरलाई सोधिएको थियो कि आलियासँग हनिमुनमा किन नगएको रु त्यसको जवाफमा उनले भने, ‘जब आलिया र मैले अचानक विवाह गर्ने निर्णय गरे, तब हामी दुवैलाई थाहा थियो कि हामीसँग केही कामको प्रतिबद्धता छ । यस्तो अवस्थामा हामी उनीहरुबाट फर्किन सकेनौं ।’

रणवीरले थप भने, ‘फिल्म ‘शमशेरा’ रिलिज भएपछि आलिया र म छुट्टी मनाउने योजनामा छौं ।’ विवाहको लगत्तै आलिया आफ्नो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङका लागि लण्डन पुगिन् । यसै क्रममा रणवीर लव रञ्जनको फिल्मको सुटिङका लागि स्पेन गएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट