मण्डलामा आजदेखि ‘खुवालुङ’ मञ्चन

रंग नेपाल २०७९ साउन ६ मा प्रकाशित

काठमाडौँ । शुक्रबारदेखि मण्डला थिएटरमा ‘खुवालुङ’ नाटकको मञ्चन सुरु भएको छ। किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकको मञ्चन शुक्रबारबाट साउन अन्तिमसम्मलाई सुरु भएको हो।

नाटक निर्माण पक्षका अनुसार विभिन्न जाती, भाषा र संस्कारमा बाँचेर रहेको खुवालुङको कथालाई नाटकमा देखाउने प्रयास गरिएको छ।

हालको दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमि मान्यता र विश्वासमा खुवालुङको रुपमा मान्ने गरिएको छ।

खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदिहरुको मुल मुहान पछ्याउँदै जाने क्रममा विकास मानव सभ्यताको कथा नै खुवालुङको कथा भएको नाटकको निर्माण पक्षले जनाएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट