‘चंगाचेट’ को दोस्रो श्रृंखला निर्माण हुने

रंग नेपाल २०७९ साउन ६ मा प्रकाशित

काठमाडौँ । चार वर्ष अघिको हिट फिल्म ‘चंगाचेट’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको शीर्षक ‘चंगाचेट २’लाई शुक्रबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

यो फिल्ममा पनि पाण्डेले निर्देशक दीपेन्द्र के खनालसँग सहकार्य गर्ने भएकी छन् । खनालकै निर्देशन रहने फिल्मको प्रमुख कलाकारमा अर्पण थापा फाइनल भएका छन् ।

अन्य कलाकार चाँडै अनुबन्धित गर्ने तयारी रहेको निर्मात्री पाण्डेले जानकारी दिइन् । कमेडी जनरामा निर्माण हुने फिल्मको बजेट ३ करोड रुपैयाँ बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट