‘लाइगर’को ट्रेलर लन्चमा रणवीरले विजयको मजाक उडाएपछि…

रंग नेपाल २०७९ साउन ६ मा प्रकाशित

मुम्बई । अभिनेता विजय देवराकोन्डा र अनन्या पाण्डेको चलचित्र ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार भएको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा निर्देशक करण जौहरसँगै रणवीर सिंह पनि उपस्थित थिए ।

सधैँ पूरा ऊर्जाका साथ स्टेजमा देखिने रणवीरले माहोललाई बाँधेर राख्छन् । यसैक्रममा उनले अभिनेता विजयको मजाक उडाउँदै माहोललाई केहीबेर रमाइलो बनाए ।

इभेन्टमा क्याजुअल पहिरनमा देखिएका विजय रणवीरको निसानामा पर्न धेरैबेर लागेन । रणवीरले विजयले लगाएको हवाई चप्पलप्रति इशारा गर्दै भने, “भाइको स्टाइल हेर्नुहोस्, ऊ चाहिँ मेरो ट्रेलर सार्वजनिक कार्यक्रममा आइरहेको जस्तो देखिन्छ ।”

हेर्नुहोस् ट्रेलर :

धेरै पढिएका

पछिल्ला अपडेट