यस्तो छ समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ (भिडियो)

रंग नेपाल २०७९ साउन ७ मा प्रकाशित

काठमाडौँ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरास् दी टेल्स अफ लाइफ’ युट्युब च्यानल आश्वी फिल्म्सबाट सार्वजनिक गरिएको हो ।

यो फिल्ममा दुई युवतीले सुन्दर शब्द प्रेमले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । मानिस जुनसुकै प्रेममा पनि खुसी हुन सक्छन्, यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ ।

मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन र यो पारस्परिक खुसी र स्नेहको एक विस्तृत रूप रहेको बुझ्न सकिन्छ । दुई व्यक्तिबीच एक असाधारण सम्बन्ध, जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ ।

माया आफैँमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव जोडिएको हुन्छ भनेर फिल्मको कथाले भन्न खोजेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट