“उषा मेरी उषा” को म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ साउन ७ मा प्रकाशित

काठमाडौँ । साहित्यिक क्षेत्रमा श्रमिक बरालका नामबाट कलम चलाउने डा. खगराज बरालको नयाँ गीत “उषा मेरी उषा” को म्युजिक भिडियो बजारमा आएको छ । यो गीत शिक्षा सङ्गीत युट्युब च्यानलबाट साउन २ गते सार्वजनिक भएको हो ।

झिसमिसे उज्यालोमा पूर्व दिशामा अरुणोदयको आकाशको लालीलाई प्रतीकका रूपमा लेखिएको “उषा मेरी उषा” लाई सङ्गीतकार तथा भिडियो निर्देशक राजु विश्वकर्माले बैसालु युवा युवतीको पिरतीमा उतारेका छन् ।

श्रमिक बरालले २०५२ सालमा नै यो गीतको सिर्जना गरेका थिए । गीत चर्चित गायक प्रवीण भेडवालको स्वरमा सजिएको छ । साथै, यस गीतमा गायिका रीता केसीले कोरसमा साथ दिएकी छन् । सङ्गीत सर्जक रहेका राजु विश्वकर्माको परिकल्पना रहेको यस गीतमा मनोहर सुनामले सङ्गीत संयोजन गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट