सरोज र शिशिर अभिनित ‘बुवा’ सार्वजनिक

रंग नेपाल २०७९ साउन ७ मा प्रकाशित

काठमाडौँ । गायक नरेन्द्रवल्लव पन्तको गीत ‘बुवा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

गीत गायक पन्तका पिता नारायणवल्लभ पन्तको सम्झनामा निर्माण गरिएको हो । यसै अवसरमा नारायणवल्लभ पन्त फाउण्डेसन पनि शुभारम्भ गरिएको छ ।

गीतको भिडियोमा अभिनेता रोज खनाल, नायक शिशिर भण्डारी, एलिस खनाल, रोमन दंगाल, गीता थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

बाल कलाकारको रुपमा दियान गौतम छन् भने संगीत संयोजन शैलेन्द्रबाबु प्रधानले गरेका छन् । त्यस्तै, गीतलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट