सिनेमा हलमा किन कमजोर भयो ‘शमशेरा’ ?

रंग नेपाल २०७९ साउन ९ मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ सिनेमा हलमा असफलता उन्मुख देखिएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले शनिबारसम्म कूल २० करोड भारतीय रुपैयाँ मात्र आम्दानी गरेको छ। फिल्मले पहिलो दिनमा १० करोड २५ लाख भारतीय रुपैयाँको आम्दानी गरेको थियो। त्यस्तै, दोस्रो दिनमा फिल्मले १० करोड ५० लाख रुपैयाँको आम्दानी गरेको छ।

सुरुवातमा विश्वभर ५५ सय स्क्रिनमा रिलिज भएको फिल्मलाई भारतमा ४ हजार ३५० स्क्रिनमा शो दिइएको छ। १८ औं शताब्दीमा आदिवासी स्वतन्त्रताका लागि भएको लडाइँको विषयमा आधारित रहेको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ।

धेरै पढिएका

पछिल्ला अपडेट