वनमन्त्री यादव हिरो बन्दै

रंग नेपाल २०७९ साउन ९ मा प्रकाशित

काठमाडौँ । अब वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुंगानाले निर्देशन गर्ने फिल्म ‘मुस्कान’ मा मन्त्री यादव अभिनेताको भुमिकामा देखिनेछन् ।

फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिने जनाइएको छ । एसिड प्रहारबाट पीडित मुस्कान खातुनको जीवनमा आधारित कथा बोकेको फिल्मको छायांकनका लागि अमेरिकाबाट ढुंगाना नेपाल आइसकेका छन् । छायांकन साउनको अन्तिम साताबाट हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट