सनुप पौडेलले ल्याए ‘पलहरु’

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौँ । गायक सनुप पौडेलले गीत ‘पलहरु’ सार्वजनिक गरेका छन् । मान्छेले आफूमा समेट्ने भनेकै आफू बाँचेका पलहरु भएको भाव समेटिएको गीतमा सफर पोखरेलको शब्द र रोमी बस्नेतको संगीत तथा एरेन्ज रहेको छ ।

सफर र सनुप पौडेलको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरुले अधुरो अपुरो र प्रश्न बोलका गीतमा सहकार्य गरिसकेका छन् ।

पलहरु’को भिडियोलाई कृपा अर्यालले निर्देशन गरेकी छन् । भिडियोमा असीम रानाभाट र रिकी राना फिचर्ड छन् । जीवन रिजालले खिचेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट