अभिनेत्रीको कोठाबाट २९ करोड भारु र ५ किलो सुन बरामद

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

काठमाडौँ । भारतीय चलचित्र अभिनेत्री अर्पिता चटर्जीको फ्ल्याटबाट २९ करोड भारु नगद र ५ किलो सुन बरामद गरिएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी)ले बुधवार बेलघारियामा रहेको उनको दोस्रो फ्ल्याटमा छापा मारेको थियो। १८ घण्टा सम्म चलेको छापामा ईडीले २९ करोड नगद र ५ किलो सुन बरामद गरेको छ । नोट गणना गर्न मात्र तीन वटा मेसिन लगाइएको थियो ।

शिक्षक भर्तीमा घोटाला गरेको आरोप लागेपछि बङ्गालका वरिष्ठ मन्त्री पार्थ चटर्जी हिरासतमा छन् । चटर्जीको नजिकको सहयोगी अर्पिताको घरमा ईडीले रेड मार्दा उक्त रकम भेटाएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट